पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबाट गरे मतदान

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङबाट गरे मतदान

पोखरा: नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन्। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले लमजुङको क्वोलासोथार गाउँपालिकास्थित बुद्धोदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनी लमजुङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि हुन्। लमजुङमा प्रतिनिधि सभा सदस्यमा उनी र नेकपा माओवादी केन्द्रका सचिव देवप्रसाद गुरुङ प्रतिस्पर्धामा छन्।

अघिल्लो निर्वाचनमा पृथ्वीसुब्बा प्रदेश सभामा विजयी भएका थिए।

सत्ता गठवन्धनका साझा उम्मेदवार देव गुरुङ यसअघि लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। अहिले उनी पुनः दोस्रो पटक प्रतिस्पर्धामा छन्।

मंसिर ४, २०७९ आइतबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।