गुल्मी- २ का उम्मेदवार एमाले सचिव गोकर्ण विष्टले गरे मतदान

बुटवल: एमाले सचिव गोकर्ण विष्टले गुल्मीमा मतदान गरेका छन्। इस्मा गाउँपालिका- ४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयबाट उनले मतदान गरेका हुन्।
विष्ट गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन्। उनको यसपटक प्रतिस्पर्धीका रूपमा आफ्नै पूर्वसहकर्मी रामकुमारी झाँक्री रहेकी छिन्।
झाँक्री सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार हुन्। उनी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् भने विष्ट यस क्षेत्रका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसद हुन्।
मंसिर ४, २०७९ आइतबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।