एमाले उपाध्यक्ष तथा रुपन्देही- २ का उम्मेदवार विष्णु पौडेलले गरे मतदान

बुटवल: एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। बिहान साढे १० बजे पौडेलले आफैँले आफैलाई मतदान गरेका हुन्।
रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको उम्मेदवार नहुँदा गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई सघाएको छ।
यो मतदान केन्द्रमा पाँच हजार ६०० मतदाता रहेको मतदान अधिकृत रामप्रसाद ज्ञवालीले जानकारी दिए। रुपन्देही- २ मा पौडेल र थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
मंसिर ४, २०७९ आइतबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।