पोखरेल, महरा, बोहोरा, वली, चौधरी, पौडेललगायत नेताले गरे मतदान

बुटवल: रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार दीपक बोहोराले मतदान गरेका छन्। सिद्धार्थनगर- ३ रंगशालास्थित मतदान केन्द्रमा पुगेर पूर्वमन्त्री तथा एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार बनेका बोहराले मतदान गरेका हुन्।
दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले दंगिशरण गाउँपालिका वडा नं. ४ बैबाङस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गरेका छन्। उनले त्यहाँ पहिलो मतदान गरेका हुन्।
त्यस्तै नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कोमल वलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कृष्ण मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मावि तुल्सीपुर सेन्टर मतदान केन्द्रबाट दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्लीबहादुर चौधरीले मतदान गरेका छन्।
त्यस्तै एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार घनश्यम पाण्डेले मावि अश्वारा मतदान केन्द्रबाट मतदान गरेका छन्।
दाङ निर्वाचन क्षेत्र नं. २ की गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार तथा माओवादी नेतृ रेखा शर्माले घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित रझेना मतदान केन्द्रमा मतदान गरेकी छिन्।
त्यस्तै नेकपा एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरीस्थित जनताविद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन्।
दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मन्त्री मेटमणि चौधरीले गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गढवामा रहेको बुथ नम्बर (ग) मा मतदान गरेका छन्।
त्यस्तै पूर्वसभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिका- १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेका छन्।
प्युठानबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार दुर्गा पौडेलले झिमरुक-५ को बाल शिक्षा मतदान केन्द्रवाट आफ्नो मतदान गरेकी छिन्।
मंसिर ४, २०७९ आइतबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।