म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन्। मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेका मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए।
म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन्।
मंसिर ४, २०७९ आइतबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।