सिरहाको कर्जन्हा र रौतहटको गुजरा नगरपालिकामा हवाई फायर

काठमाडौं: सिरहाको कर्जन्हा नगरपालिका- ६ बडहरामाल मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर भएको छ। मतपेटिका राख्ने विषयमा विवाद हुँदा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो।
त्यहाँ हाल अवस्था सामान्य भइसकेको छ। यस्तै शान्तिपूर्णरूपमा मतदान जारी छ।
यता रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा पनि विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ। सत्ता गठबन्धन र नेकपा एमालेको कार्यकर्ताबीच झडप भएको हो।
दुई पक्षबीच मतदान केन्द्रबाहिर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो। त्यहाँ पनि हाल अवस्था सामान्य भई शान्तिपूर्णरूपमा मतदान भइरहेको छ।
मंसिर ४, २०७९ आइतबार १०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।