'रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ' भन्दै ललितपुर- ३ कि उम्मेदवार तोसिमाले गरिन् मतदान

'रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ' भन्दै ललितपुर- ३ कि उम्मेदवार तोसिमाले गरिन् मतदान

काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार तोसिमा कार्कीले मतदान गरेकी छिन्। उनले ललितपुर वडा नम्बर १८ को भैंसेपाटीस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

कार्कीले 'रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ' भन्ने क्याप्सनसहित मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। यसपटक ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्की, ऊर्जामन्त्री माओवादी केन्द्रीकी पम्फा भुसाल र एमालेका अमृत खड्काबीच प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाल मेडिकल काउन्सिलकी सदस्य डा. कार्कीविरुद्ध अयोग्यताको प्रश्न उठाउँदै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरिदिएको थियो। त्यसपछि सर्वोच्च अदालत पुगेकी कार्कीको उम्मेदवारी खारेज नगर्न अदालतले आदेश दिएको थियो।

मंसिर ४, २०७९ आइतबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।