चितवनमा १०५ वर्षीय वृद्धले गरे मतदान

चितवनमा १०५ वर्षीय वृद्धले गरे मतदान

चितवन: चितवनको रत्ननगर नगरपालिका-१६ स्थित मतदान केन्द्रमा १०५ वर्षीय वृद्धले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गरेका छन्। रत्ननगर-१६ मा रहेको भद्रकाली माविको मतदान केन्द्रबाट स्थानीय १०५ वर्षीय वद्ध तारानाथ नेपालले मतदान गरेका हुन्।

उनी रत्ननगर नगरपालिकाकै ज्येष्ठ मतदाता रहेको वडाध्यक्ष हेमराज थापाले बताए।

वि.सं. १९७४ सालमा जन्मिएका तारानाथले पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक नेपालसम्म आइपुग्दा कयौँ निर्वाचनमा भाग लिएको बताए। देश विकास गर्न अनुभवले खारिएका र सही नियत भएकालाई भोट हाल्नुपर्ने उनको सुझाव छ।

मंसिर ४, २०७९ आइतबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।