मैतिदेवी मन्दिरको मतदान केन्द्रबाट गगन थापाले हाले भोट, 'प्रधानमन्त्रीको रूपमा अप्ठ्यारो अवस्था चिरेर देशलाई हाँक्ने हो'

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्। थापाले मैतिदेवी मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
थापा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। उनको प्रतिस्पर्धीका रूपमा एमालेका राजन भट्टराईलाई हेरिएको छ।
थापा यसपटक प्रधानमन्त्री बन्ने भनेर निर्वाचनमा होमिएका छन्। निर्वाचन जितेलगत्तै उनले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताएका छन्।
'म यहाँबाट सांसद भएर गएर सिधै संसदीय दलको निर्वाचन लड्ने हो, जित्ने हो र त्यसको आधारमा गएर प्रधानमन्त्रीको रूपमा यो जेजति अफ्ठ्यारो अवस्था छ त्यसलाई चिरेर देशलाई हाँक्ने हो भन्ने मेरो संकल्प हो', उनले भने।
मंसिर ४, २०७९ आइतबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।