झाँक्री, तिमिल्सिना र भुसालले गरे मतदान

झाँक्री, तिमिल्सिना र भुसालले गरे मतदान

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी छिन्। वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनी ललितपुर क्षेत्र नं ३ की उम्मेदवार समेत हुन्।

यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतदानपछि उनले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गरे।

यस्तै पूर्वमन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छिन्। उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरेको बताएकी छिन्। उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि. को मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

मंसिर ४, २०७९ आइतबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।