माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन पुगेर गरे मतदान

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्। उनले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दावी गरे। मतदान गरेलगत्तै उनी गोरखा गएका छन्। उनी गोरखा- २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।
शान्तिपुर मतदान केन्द्रमा एक हजार ७०७ मतदाता रहेका छन्।
मंसिर ४, २०७९ आइतबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।