नेपाली कांग्रेसका उपसभापति खड्काले गरे मतदान

नेपाली कांग्रेसका उपसभापति खड्काले गरे मतदान

सुर्खेत: नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतकाे गुर्भाकाेटबाट मतदान गरेका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकाेट-८ स्थित सूर्यज्याेति मावि मेहलकुनाबाट मतदान गरेका हुन्।

खड्का सुर्खेत- १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार हुन्। उनको प्रतिस्पर्धी एमालेका ध्रुव शाहीलाई ठानिएको छ।

मंसिर ४, २०७९ आइतबार ०८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।