प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदान सुरु

काठमाडौं: आज देशभर प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।
मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन्।
मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ। मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुपर्नेछ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदातालाई मताधिकार छ। निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ। मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।
मंसिर ४, २०७९ आइतबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।