मतदान अधिकृत र सहयोगी कर्मचारीको मृत्युमा आयोगको शोक वक्तव्य

मतदान अधिकृत र सहयोगी कर्मचारीको मृत्युमा आयोगको शोक वक्तव्य

काठमाडौंः निर्वाचन आयोगले मतदान अधिकृत र सहयोगी कर्मचारीको मृत्युमा शोक व्यक्त गरेको छ।

शनिबार विज्ञप्ति निकालेर आयोगले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रका मतदान अधिकृत बिल्टु राय र धनकुटाको साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रकी सहायक कर्मचारी पवित्रा लिम्बूको मृत्युमा समवेदना व्यक्त गरेको हो।

आयोगले परिवारमा समवेदना व्यक्त गर्दै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न गृह मन्त्रालयलाई आग्रह गरेको छ।

मंसिर ३, २०७९ शनिबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।