एलन मस्ककाे घाेषणा- कतार विश्वकपकाे पहिलाे खेल ट्वीटरमा

एलन मस्ककाे घाेषणा-  कतार विश्वकपकाे पहिलाे खेल ट्वीटरमा

काठमाडौं : विश्वकपको पहिलो खेल माइक्रोब्लगिङ साइट ट्वीटरमा हेर्न पाइने भएको छ।

ट्वीटरका नयाँ मालिक एलन मस्कले शनिबार ट्वीटरमार्फत यसको जानकारी गराएका हुन्।

आइतबारबाट कतारमा सुरु हुने विश्वकपको उद्घाटन खेलको कभरेज ट्वीटरले गर्न लागेको हो। यद्यपि याे प्रसारण नेपालमा उपलब्ध हुने वा नहुने भन्नेबारे स्पष्ट भने छैन।

पहिलो खेल आयोजक कतार र इक्वेडरबीच नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।

नेपालमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्नका लागि टेलिभिजन प्रदायकलाई अतिरिक्त ५६५ रूपैयाँ तिर्नुपर्नेछ।

यद्यपि फाइनल र सेमिफाइनका खेलहरू भने अहिले हेरिरहेकै नियमित प्याकेजमा प्रसारण गरिने प्रसारण अधिकार प्राप्त मिडिया हबले जनाएको छ।

मंसिर ३, २०७९ शनिबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।