थप १५ जना कोरोना संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप १५ जना कोरोनासंक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका हुन्।
यस्तै यस अवधिमा ३२२ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै देशभर ४३२ जना सक्रिय संक्रमित हुँदा पछिल्लो २४ घण्टामा कोरोनाबाट मानवीय क्षति भएको छैन।
मंसिर ३, २०७९ शनिबार १५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।