आफूविरुद्ध गलत प्रचार भएको भन्दै कांग्रेस र माओवादीले निकाले विज्ञप्ति, भने- 'राजनीतिक पराजयको मानसिकता पुष्टि'

काठमाडौं : निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धनका दुई दलले सत्तारुढ गठबन्धनको बारेमा भ्रमपूर्ण तथा मिन्थ्या सूचना फैलाइएको भन्दै त्यसको विश्वास नगर्न आह्वान गरेको छ।
शनिबार विज्ञप्ति निकालेर नेपाली कांग्रेस र माओवादी केन्द्रका मुख्यसचिवद्वय कृष्णप्रसाद पौडेल र श्रीराम ढकालले दुई दलबीच फाटो गराउने उदेश्यले सामाजिक सञ्जालमा देखिएका सूचनाप्रति गम्भीर ध्नानाकर्षण भएको भन्दै यसलाइ भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराधको संज्ञा दिएको छ।
आफूहरू गठबन्धनप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै विज्ञप्तिमा कसैकाप्रति घात नुहने विश्वास दिलाएका छन्। निर्वाचनमा अन्तिम घडीमा मतदातालाई अन्योल सिर्जना गरी रचिएको भ्रमपूर्ण षडयन्त्रले विपक्षीको राजनीतिक पराजयको मानसिकता पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
यस्ता गतिविधि अपराध भएको जान्दाजान्दै केही राजनीतिक दलका नेता, पदाधिकारी र उम्मेदवारले यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर गरेको भन्दै आयोगको धन्यानाकर्षण गराएका छन्। उनीहरू यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारबाहीको मागसमेत गरेको छ।
निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न सञ्चारमाध्यमहरूको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन्। सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी, रातोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको हो।
‘गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन्।
मंसिर ३, २०७९ शनिबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।