तरुण क्याफेको बार्दलीमा दुई समूहबीच खुकुरी हानाहान

तरुण क्याफेको बार्दलीमा दुई समूहबीच खुकुरी हानाहान
सांकेतिक तस्बिर

मोरङ : जिल्लाकाे उर्लाबारीस्थित तरुण क्याफेको बार्दलीमा दुई समूहबीच खुकुरी हानाहान भएकाे छ।

उर्लाबारी नगरपालिका–४ बस्ने २५ वर्षीय गौतम तामाङ सहित ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही नगरपालिका–५ बस्ने २६ वर्षीय आसाङ लिम्बुसहित तीन जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका–६ स्थित तत्काल बन्द रहेको तरुण क्याफेको बाहिर पट्टीको बार्दलीमा पुरानो रिसिबीको कारण दुई पक्षबीच खुकुरी प्रहार हुँदा गौतम तामाङ सहित ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका गौतमको बिएण्डसी अस्पताल बिर्तामोड झापामा र अन्य दुई जना सामान्य घाइतेको गोदावरी अस्पताल उर्लाबारी र आश्रय मेडिकलमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर ३, २०७९ शनिबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।