चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेकाे अभियोगमा युवक पक्राउ

चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेकाे अभियोगमा युवक पक्राउ

बारा : आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका–५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेको हो।

घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते प्रहरी चौकी मुसहर्वाले जनाएको छ।

गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर ३, २०७९ शनिबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।