सुतेकै ठाउँमा मृत फेला परे मतदान अधिकृत राय

काठमाडौं: सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा निर्वाचनको लागि खटिएका एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन्। सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ का ५६ वर्षीय बिल्टु राय शनिबार बिहान मृत फेला परेका हुन्।
उनी आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए। प्रहरीका अनुसार उनी फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका थिए।
शुक्रबार राति खाना खाएर सुतेका रायलाई बिहान अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रायले सुगर र मुटुरोगको औषधि सेवन गर्दै आएको बताइएको छ।
मंसिर ३, २०७९ शनिबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।