प्रदेश १ र गण्डकीका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकीका हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण केही स्थानमा हिमपात हुने भएको हो।
यतिबेला देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंसिर ३, २०७९ शनिबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।