माेटरसाइकल दुर्घटनामा परी रूपन्देहीका पत्रकार एनबी कंडेलकाे निधन

बुटवल: रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी निधन भएको छ।
शुक्रबार साँझ तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले साेही दिशातर्फ जाँदै गरेकाे कंडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा निधन भएको हो ।
रुपन्देही सैनामैना नगरपालिका-१ रानी बगिया निवासी ३५ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। रेडिमिक्स सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रूपमा आबद्ध थिए।
मंसिर २, २०७९ शुक्रबार २३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।