पैसा बाँडेकाे आराेपमा काठमाडाैं-५ का प्रदेशसभा उम्मेदवारसहित तीन जना पक्राउ (भिडियो)

पैसा बाँडेकाे आराेपमा काठमाडाैं-५ का प्रदेशसभा उम्मेदवारसहित तीन जना पक्राउ (भिडियो)

काठमाडाैं : स्थिर समय अर्थात मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार तथा एमाले काठमाडाैंका जिल्ला अध्यक्ष दीपक निरौलालाई पक्राउ गरेको छ।

निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। उनीहरूलाई पक्राउ गरिएकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे छ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष रवि खड्का र एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्। उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ।

उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन्। उनीहरूले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो। काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्।

भिडियाे:-

मंसिर २, २०७९ शुक्रबार २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।