ओलीको बुवाको जन्मदिनको केट काट्ने कार्यक्रममा लिङ्देन पनि सहभागी

ओलीको बुवाको जन्मदिनको केट काट्ने कार्यक्रममा लिङ्देन पनि सहभागी
तस्बिर : केपी शर्मा ओलीको सचिवालय

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले शुक्रबार झापामा ९३औं जन्मदिन मनाए।

झापाको पृथ्वीनगरमा ‘जन्मदिनको शुभकामना छ बुवा’ लेखिएको केक काटियो। केक काट्न अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य पनि थिइन्।

पिताको जन्मदिनको केक काट्ने कार्यक्रममा ओली मात्र होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन पनि साथै थिए। उनले ओलीका पिता मोहनप्रसादलाई जन्मदिनको शुभकामना दिए।

ओलीले पनि केपी ओली र राजेन्द्र लिङ्देन दुवैलाई जितको शुभकामना दिए। ओली झापा–५ बाट उम्मेदवार छन् भने लिङ्देन झापा–३ बाट उम्मेदवारी दिएका छन्।

झापा लगायत देशका केही स्थानमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएकाे छ।

मंसिर २, २०७९ शुक्रबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।