नेपाल र युएईबीचकाे खेलमा सट्टेबाजी गर्ने ४४ जना भारतीय नागरिक पक्राउ

नेपाल र युएईबीचकाे खेलमा सट्टेबाजी गर्ने ४४ जना भारतीय नागरिक पक्राउ

काठमाडौं : नेपाल र युएईबीचकाे खेलमा सट्टेबाजी गर्ने ४४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ।

एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थान त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अनलाइन लाइभ सट्टेबाजी खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे।

भारतमा दर्ता रहेका विभिन्न अनलाइन साइटहरूमार्फत व्यावसायिक रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेको अवस्थामा पक्राउ गरिएकाे केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएकाे छ।

उनीहरू उपर जुवा ऐन अन्तर्गत कारबाहीकाे लागि अनुसन्धान भइरहेको छ।

मंसिर २, २०७९ शुक्रबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।