ट्वीटरको घोषणा : कर्मचारीका लागि २० नोभेम्बरसम्म अफिस बन्द

एजेन्सी : माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना कर्मचारीहरूका लागि २० नोभेम्बरसम्म अफिस बन्द गर्ने भएको छ।
कम्पनीका कर्मचारीहरूलाई पठाइएको मेलमा नोभेम्बर २१ सोमबार मात्र कार्यालय खुल्ने बताइएको छ। कम्पनीले यस्तो निर्णय गर्नुको कारण भने खुलाएको छैन।
लामो समय काम गर्न र कडा परिश्रम गर्न कर्मचारीलाई दवाव दिइरहेका ट्वीटरका नयाँ सीईओ एलन मस्कले ठूलो संख्यामा कर्मचारीहरूलाई हटाउन सक्ने रिपोर्ट आइरहेका बेला यस्तो घोषणा भएको हो।
मेलमा भनिएको छ, ‘कृपया कम्पनीको नीतिहरूको पालना गरिरहनुहोस्। कम्पनीको गोप्य जानकारीलाई सामाजिक सञ्जाल, प्रेस वा अन्य कहीँ पनि छलफल नगर्नुहोस्।’
यसै हप्ता एलन मस्कले कर्मचारीहरूलाई लामो समयसम्म काम गर्न प्रतिबद्ध हुनुपर्ने र कडा मेहनत गर्न आवश्यक रहेको बताएका थिए। यसरी काम गर्न नसक्नेहरूले कम्पनी छोड्नसक्ने उनले बताइसकेका छन्।
नोभेम्बर १७ सम्ममा यसरी काम गर्नसक्छु भनेर प्रतिबद्धता पेश नसक्नेलाई तीन महिनाको समय र कम्पनी छोडेको क्षतिपूर्ति दिइने उनको घोषणा छ। उनले महिनाको सुरुमा कम्पनीका ५० प्रतिशत कर्मचारी घटाउने बताइसकेका थिए।
मंसिर २, २०७९ शुक्रबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।