रुपन्देहीमा वडा सदस्यले बाँड्न लागेकाे मदिरा स्थानीयको कब्जामा

बुटवल : रूपन्देहीको सुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने सुद्धोधन–१ बलेवामा स्थानीयले शुक्रबार दिउँसो मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का प्रमुख जिवन लामिछानेले जानकारी दिए।
मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धान गरेर मात्रै गाडी जान दिने स्थानीयकाे दवावपछि आवश्यक प्रक्रिया पुर्याउन गाडीलाई घटनास्थलमै छाडिएको लामिछानेले बताए।
स्थानीयले एक युवाका अनुसार टाटाको पिकअप गाडीमा मतदातालाई प्रभावित पार्नेगरी नेपाली कांग्रेसका कार्यकर्ताले वितरण गर्न मदिरा हिँडालेका थिए।
स्थानीय सुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले आफैँले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताए।
लोनिया नेपाली कांग्रेसको तर्फबाट गत बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए।
प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नुपर्ने माग गर्दै स्थानीयले रोकेको प्रत्येक्षदर्शी एक युवाले बताए।
गाडीको अगाडि र पछाडिकाे नम्बर प्लेटसमेत राम्रोसँग नबुझिने अवस्थामा भेटिएको स्थानीय विजय थापाले जानकारी दिए।
मंसिर २, २०७९ शुक्रबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।