थप ८ जनामा कोरोना संक्रमण पुष्टि

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा ७ सय ७८ जनाको नमूना परीक्षण गर्दा ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार १७ जना जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

मंसिर २, २०७९ शुक्रबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।