युएईविरुद्धको खेलमा ज्ञानेन्द्र र आशिफको अर्धशतक

युएईविरुद्धको खेलमा ज्ञानेन्द्र र आशिफको अर्धशतक

काठमाडौं : युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको अन्तिम खेलमा ६९ बलमा ५८ रन बनाएर मल्ल खेलिरहँदा शेख पनि ८९ बलमा ६१ बल बनाएर खेलिरहेका छन्। उनीहरू दुवैजना क्रिजमा रहेका छन्।

मल्लले छ चौका र तीन छक्का प्रहार गर्दा शेखले ८ चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन्।

१७७ रनको लक्ष्य पछ्याएको नेपाल ३२ ओभरको खेल चलिरहँदा १ विकेटको क्षतिमा १३७ रन बनाएको छ।

मंसिर २, २०७९ शुक्रबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।