एउटै महिलालाई विभिन्न स्थानमा पटक–पटक बलात्कार गरेकाे अभियोगमा एक जना पक्राउ 

एउटै महिलालाई विभिन्न स्थानमा पटक–पटक बलात्कार गरेकाे अभियोगमा एक जना पक्राउ 

भक्तपुर : २७ वर्षीया महिलालाई विभिन्न स्थानमा पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधान रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा बलात्कार गरेको प्रहरी वृत्त ठिमीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मंसिर २, २०७९ शुक्रबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।