उपाधि जित्न ५० ओभरमा नेपालले १७७ रन बनाउनुपर्ने

काठमाडौं: यूएई र नेपालबीच जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले जितका लागि १७७ रनको लक्ष्य पाएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको बनाएको थियो।
यूएईका लागि आयन अफजल खानले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले। हजरत विलालले अविजित २० रन बनाए।
यस्तै अलिशन शराफुले ३३ रन बनाए भने रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए।
बलिङतर्फ नेपालका गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए। त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए।
नेपाल र यूएईबीचको यस खेल निर्णायक हो। तीन खेलको श्रृङ्खलाअन्तर्गत नेपाल र यूएईले एक–एक खेलमा जित हासिल गरेका छन्।
मंसिर २, २०७९ शुक्रबार १३:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।