साप्ताहिक शेयर समीक्षा: विकास बैंक र फाइनान्स कम्पनीले ब्याजदर घटाउँदा थोरै उकासियो बजार

गत साता २८.४६ अंकले ओरालो लागेको नेपालको शेयर बजार यो साता ४३.१३ अंकले उकालो लागेर बन्द भएको छ। सँगसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।
यो साता शेयर बजारमा पाँचै दिन कारोबार भयो। यी कारोबार दिनमा बजार दुई दिन घटेको र तीन दिन बढेको देखियो।
अर्थतन्त्रका विभिन्न सूचकहरूमा देखिएको सकारात्मक परिवर्तनले शेयर बजारमा पनि सकारात्मक प्रभाव पारेको छ। बैंकहरूको सीडी रेसियो ८६ प्रतिशतमा झरेको छ भने तरलतामा केही सहजता देखिएको छ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको त्रैमासिक विवरणले पनि सकारात्मक आँकडा प्रस्तुत गरेको छ।
करिब १४ महिनापछि शोधनान्तर स्थिति सकारात्मक बनेको छ भने रेमिट्यान्स आप्रवाहमा पनि वृद्धि भएको छ। अर्थतन्त्रमा देखिएको सुधारको संकेतले लगानीकर्ताको मनोबल बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारको अन्तिम दिन अर्थात् बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेर रोकिएको छ। यस दिन नेप्से परिसूचक बढ्नुसँगै शेयर कारोबार पनि बढेर एक अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ पुगेको देखियो।
साताको पहिलो दिन अर्थात् आइतबारका दिन शेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसूचक १८८३.१७ मा बन्द भएको थियो। यस दिन जम्मा ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको थियो।
सोमबारका दिनमा शेयर बजार २१.२८ अंकले बढेर नेप्से १९०४.४५ मा उक्लिएको थियो। यस दिन नेप्से बढ्नुसँगै कारोबार रकममा पनि केही वृद्धि हुन गई जम्माजम्मी ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भयो।
साताको तेस्रो दिन शेयर बजार ६.५८ अंकले घटेर नेप्से परिसूचक १८९७.८६ मा ओर्लिएको थियो। यस दिन एक अर्बको हाराहारीमा कारोबार भएको थियो।
साताको चौथो दिन शेयर बजार १३.३९ अंकले बढेर नेप्से परिसूचक १९११.२६ मा पुगेर रोकिएको थियो। यस दिन कारोबार मात्रै ८६ लाखमा सीमित हुन पुग्यो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारको अन्तिम दिन अर्थात् बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेर रोकिएको छ। यस दिन नेप्से परिसूचक बढ्नुसँगै शेयर कारोबार पनि बढेर एक अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ पुगेको देखियो।
अब ६ गते चुनावपछि मात्रै शेयर बजार खुल्ने छ। सो साता नेप्सेलाई चुनावको नतिजाले प्रभाव पार्ने विश्लेषण अर्थविद्हरू गर्दैछन्। त्यसपछि चुनावमा खर्च भएको पैसा बैङ्किङ प्रणालीमा आउने हुँदा तरलता अरू सहज हुने विश्लेषकहरूको दावी छ।
अब शेयर बजार मङ्सिर ६ गते मात्रै खुल्ने छ।
यस साताको अध्ययनले नेप्सेमा राम्रो अङ्कले वृद्धि भएको हुँदा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको देखिन्छ। यस साता लगानीकर्ता हाइड्रोपावरमा बढी आकर्षित भएको देखिएको छ।
नेप्से बढ्नुका पछाडि विकास बैंक तथा फाइनान्स कम्पनीहरूले थोरै मात्रामा भए पनि ब्याजदर घटाउनु, वाणिज्य बैंकहरूले मङ्सिर महिनामा ब्याजदर नबढाउने घोषणा गर्नु, बैंकहरूको निक्षेपमा सुधार आउनु, रेमिट्यान्समा वृद्धि हुनु, देशको वित्तीय स्थितिमा सकारात्मक परिवर्तन आउनु जस्ता कारणहरू प्रमुख मानिएका छन्।
अब ६ गते चुनावपछि मात्रै शेयर बजार खुल्ने छ। सो साता नेप्सेलाई चुनावको नतिजाले प्रभाव पार्ने विश्लेषण अर्थविद्हरू गर्दैछन्। त्यसपछि चुनावमा खर्च भएको पैसा बैङ्किङ प्रणालीमा आउने हुँदा तरलता अरू सहज हुने विश्लेषकहरूको दावी छ।
नेपाल राष्ट्र बैंक पनि चुनावलगत्तै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रस्तुत गर्ने तयारीमा छ। सो समीक्षामा राष्ट्र बैंकले तरलता सहज बनाउने र ब्याजदर घटाउने नीति लिने सम्भावना प्रबल छ। यसले पनि शेयर बजारलाई सकारात्मक दिशा प्रदान गर्ने छ।
मंसिर २, २०७९ शुक्रबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।