निर्णायक खेलको पहिलो चार ओभरमा कसिलो बलिङ, १६ रनमै ३ विकेट लियो नेपालले

काठमाडौं: नेपाल र यूएईबीच जारी एकदिवसीय श्रृङ्खलाको आज अन्तिम तथा निर्णायक खेल हो। आजको खेल सुरु भइसकेको छ।
खेलको पहिलो चार ओभरमा नेपालले कसिलो बलिङ गरेको छ। यस्तै यूएईले स्कोर १६ रन बनाउँदा नेपालले ३ विकेट हात पारिसकेको छ।
पहिलो विकेट एक ओभर दुई बलमा गुल्सल झाले लिए। दोस्रो विकेट दुई ओभर पाँच बलमा सोमपाल कामीले लिए। यस्तै तेस्रो विकेट तीन ओभर एक बलमा पुनः गुल्सन झाले लिएका हुन्।
हाल खेलमा ११औँ ओभर चलिरहँदा यूएईले ३ विकेटको क्षतिमा ४० रन बनाएको छ।
दुवै टोली आजको निर्णायक खेलमा जित हात पार्न चाहन्छन्। दुवै टोली यसअघिको एक-एक खेल जितेका थिए।
मंसिर २, २०७९ शुक्रबार ०९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।