सेनेगलका स्टार फर्वाड मानेले कतार विश्वकप गुमाउने

एजेन्सी: सेनेगलका स्टार फर्वार्ड साडियो मानले कतार विश्वकप गुमाउने भएका छन्। बायर्न म्युनिखको लागि वेर्डेर ब्रेमेनविरुद्ध खेल्दा भएको घुँडाको चोट र त्यसपछिको शल्यक्रियाका कारण उनले विश्वकप गुमाउने भएका हुन्।
मङ्गलबार सेनेगलको फुटबल महासङ्घले मानेले पहिलो खेल मात्र खेल्न नसक्ने जनाएको थियो। तर बिहीबारको पछिल्लो एमआरआई रिपोर्टअनुसार उनले आराम गर्नुपर्नेछ। बायर्नले मानेको शल्यक्रिया सफल भएको जनाउँदै म्युनिखमै उनले आराम गर्ने उल्लेख गरेको छ।
यसपटकको विश्वकपमा सेनेगल समूह 'ए' मा रहेको छ। सेनेगलको पहिलो खेल सोमबार नोभेम्बर २१ मा नेदरल्याण्ड्सविरुद्ध रहेको छ।
माने दुई पटक वर्षको उत्कृष्ट अफ्रिकन फुटबलर बनेका छन्। उत्कृष्ट लयमा रहेका खेलाडीले विश्वकपको मुखैमा खेल्ने अवसर गुमाउनु उनको लागि यो हृदयविदारक हो। उनी यस पटक बलोन डि ओरको लागि दोस्रो स्थानमा समेत थिए। बलोन डि ओर करिम बेञ्जिमाले जिते।
मंसिर २, २०७९ शुक्रबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।