नेपाल र यूएईबीच निर्णायक खेल आज

काठमाडौं: नेपाल र यूएईबीच जारी एकदिवसीय क्रिकेटमा आज अन्तिम तथा निर्णायक खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेबाट सरु हुनेछ।
नेपाल र यूएई दुवैले एक-एक खेल जितेका छन्। पहिलोमा यूएई ८४ रनले विजयी हुँदा दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो।
यो अवस्थामा आज जुन टोलीले खेल जित्छ उपाधि उसैले हात पार्छ। नेपाल आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने दाउमा हुनेछ भने यूएई पनि नेपाललाई हराएर उपाधि जित्ने दाउमा हुनेछ।
रोहित पौडेलको कप्तानीमा उत्रिएको नेपालले यो प्रतियोगितामा उल्लेखनीय प्रदर्शन भने गर्न सकेको छैन। ब्याटिङमा नेपालको कमजोरी देखिँदै आएको छ।
मंसिर २, २०७९ शुक्रबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।