मौसम: प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको हो।
यतिबेला यी तीन प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो यी तीन प्रदेशकै पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मंसिर २, २०७९ शुक्रबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।