नेतालाई पो मङ्सिरमा चुनाव लाग्छ, किसानलाई त धान भित्र्याउनै चटारो [फोटोकथा]
![नेतालाई पो मङ्सिरमा चुनाव लाग्छ, किसानलाई त धान भित्र्याउनै चटारो [फोटोकथा]](https://www.ukeraa.com/images/news/16687362821668736282.png )
काठमाडौं: यतिबेला देश निर्वाचनमय छ। आजबाट स्थिर समय (मौन अवधि) पनि सुरु भएको छ।
यो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। ४८ घण्टाको स्थिर समयपछि ४ गते निर्वाचन हुनेछ।
पछिल्लो एक महिनादेखि नै नेताहरूलाई निर्वाचनले अस्तव्यस्त बनाइरहँदा किसानहरू भने मुख्य बाली धान भित्र्याउन व्यस्त छन्। नेपालमा अधिकांश निर्वाचन मङ्सिर ताका हुने गर्छ। वर्षाले निम्त्याउने विपद्को जोखिम कम हुने, किसानले खेतीपातीको काम पनि सकेको हुने, चाडपर्व पनि सकिएको हुने र हिमाली भेगमा पनि त्यति कष्टकर (भारी हिमपात) नभइहाल्ने भएकाले निर्वाचनको लागि मङ्सिर महिना चुनिदै आइएको छ।
तर, किसानको पहिलो धर्म त बाली भित्र्याउनु नै हो। यस्तै दृश्य देखियो ललितपुरको बुङ्गमतीमा बुधबार। स्थानीय किसानहरू धान झारेर भुसा केलाउँदै थिए।
मंसिर २, २०७९ शुक्रबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।