जुम्लामा निर्वाचन टोली र सामाग्री लिएर गएको जिप दुर्घटना

सुर्खेत : जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ मा निर्वाचन टोली र सामाग्री लिएर गएको जिप दुर्घटना हुँदा ६ जना घाइने भएका छन्।
बिहीबार त्रिवेणीबाट जनजागृती मावि ताम्ती मतदान केन्द्रमा खटिएको टोली सवार भे १ च २१८८ नम्वरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घना हुँदा ६ जना घाइते भएका हुन्।
दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र कार्यालय सहयोगी अंगराज गिरी घाइते भएका छन्।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिप दुर्घटनामा घाइते भएका व्यक्तिहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। गाडीमा ८ जना सवार रहेका थिए। जीप सडकदेखि २० मिटर तल खसेको थियाे।
मंसिर १, २०७९ बिहीबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।