विज्ञापन बोर्डले भन्यो– ‘राति १२ बजेदेखि दल र उम्मेदवारका विज्ञापन हटाउनू’

विज्ञापन बोर्डले भन्यो– ‘राति १२ बजेदेखि दल र उम्मेदवारका विज्ञापन हटाउनू’

काठमाडौं : विज्ञापन बोर्डले आज राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारका विज्ञापन हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ।

बिहीबार एक विज्ञप्ति निकालेर बोर्डले निर्वाचन आचारसंहिता, २०७९ मा मंसिर १ गतेदेखि राजनीतिक दल, त्यसका उम्मेदवार र अन्य उम्मेदवारहरूले प्रचारप्रसार गर्न नपाउने व्यवस्था रहेको स्मरण गराउँदै राति १२ बजेदेखि विज्ञापन हटाउन निर्देशन दिएको हो।

बोर्डले निर्वाचन आयोगले दिएका विज्ञापनहरू राख्दा भने आचारसंहिता उल्लंघन नहुने स्पष्ट पारेको छ। 

मंसिर १, २०७९ बिहीबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।