'कहिलेकाहीँ माया गर्दा पनि पख्नुस् है भन्नुपर्छ'

'कहिलेकाहीँ माया गर्दा पनि पख्नुस् है भन्नुपर्छ'

काठमाडौं : नारायणी किनारामा आयोजित चुनावी सभामा बोल्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामा नारा लगाउनेहरूलाई भने'कहिलेकाहीँ माया गर्दा पनि पख्नुस् है भन्नुपर्छ।'

सभामा सहभागीहरूले उनको पक्षमा चर्का नाराबाजी गरेपछि सभामा बोल्न अवरोध भएको थियो। उनले एक छिनपछि नारा लगाउन सबैलाई आग्रह गर्दै भने' यो नारा लगाएको मायाले हो तर माया गर्दा पनि पख्नुस् है भन्नुपर्छ।'

सभाका सहभागीहरू अधिकांश महिलाहरू देखिएका थिए। उनले सभामा आवेगात्मक भन्दा भावनात्मक सम्बोधन गरेका थिए।

पटक- पटक नारा लगाउँदा उनले पख्नुस् त भन्दै रोकेका थिए। 

मंसिर १, २०७९ बिहीबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।