डिजिटल अट्याक भइरहेको दाबी गर्दै रविले भने' चेलीलाई आँखा लगाउनेको आँखा निकाल्न निक्ल'
चितवन : चितवनमा आयोजित चुनावी सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि डिजिटल अट्याक भइरहेको दाबी गरेका छन्। उनले भने' कोठामा बसेर डिजिटल अट्याक गर्नेहरूले सुन मैले छ वर्षमा जे काम गरे त्यो काम गर अनि तिमिलाई पनि यस्तै जनसागरले साथ दिनेछ।'
उनी विरुद्ध निर्वाचन कार्यालयमा नागरिकताको विषयमा उजुरी परेपछि उनले अमेरिकी नागरिकता त्यागे पनि विदेशी नागरिक भएपछि खारेज भएको नेपाली नागरिकता ब्युँताउने कानुनी प्रक्रिया पुरा नगरी खारेज भइसकेको नागरिकता नै प्रयोग गरिरहेको खुलेको थियो।
खारेज भइसकेको नागरिकताबारे समाचार प्रकाशित भएपछि उनी सञ्चारमाध्यममाथि आक्रामक देखिन थालेका छन्। नारायणी किनारामा आयोजित सभामा उनले आफू सञ्चारकर्ममा रहेको बेलामा गरेजस्तै काम गर्न चुनौती दिए।
उनले भने'चेलीलाई आँखा लगाउनेको आँखा निकाल्न निक्ल, भ्रष्टाचार गर्नेको छाला काढ्न निक्ल, अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्दी बनेकाको उद्धार गर्न पुग, दुख पाएका चेलीको आँसु पुछ्न पुग।'
मंसिर १, २०७९ बिहीबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।