दुई टिप्पर अवैध अवैध काठसहित तीन जना पक्राउ

दुई टिप्पर अवैध अवैध काठसहित तीन जना पक्राउ

सुर्खेत : बराहताल गाउँपालिका–६ गिमिनेबाट ४१७ कियूफिट अवैध काठसहित तीन जनालाई पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट बड्डीचौरबाट खटिइएको प्रहरीले दुईवटा टिप्परमा लोड गरिएको अवैध काठसहित उनीहरूलाई पक्राउ गरेकाे हाे।

अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई डिभिजन वन कार्यालय बाबियाचौरमा बुझाएकाे छ।

दुई टिप्परमा लोड गरिएका २३ गोलिया ४१७ क्यूफिट काठसहित पक्राउ गरेर अनुसन्धानका लागि कार्यालयमा ल्याइएको डिभिजन वन कार्यालय भेरीका कार्यालय प्रमुख बसन्त श्रेष्ठले जानकारी दिए।

‘अहिलेसम्म कसको काठ हो भन्ने खुलेको छैन, अहिलेसम्म अवैध नै ठहरिएको छ,’ प्रमुख श्रेष्ठले भने, ‘पक्राउ परेका तीनजनामाथि विस्तृत अनुसन्धान भइरहेको छ।’

मंसिर १, २०७९ बिहीबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।