पुकार बमलाई प्रदीप खड्का र सन्ताेष सेनकाे शुभकामना

पुकार बमलाई प्रदीप खड्का र सन्ताेष सेनकाे शुभकामना

काठमाडौं : पछिल्लो पुस्ताका सर्वाधिक रुचाइएका नायकमध्ये एक प्रदीप खडका र निर्माता तथा निर्देशक सन्तोष सेनले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन्।

बिहीबार नायक खड्काको टीमले पुकार बमलाई भेटेर दलहरूबीच देखिएको सिन्डिकेट र मिलिभगतले जनतालाई चरम निराशा दिएको बताए।

‘यो चङ्गुलबाट निस्किनका लागि भरपर्दो विकल्प निर्माणमा काम गर्न पुकारजीलाई शुभकामना छ।’– नायक खड्काले भने।

भेटमा खड्काले बमलाई समाजमा देखिएको भ्रष्टाचार र बेथिती अन्त्यको लागि भूमिका खेल्न सुझाए।

निर्माता सन्तोष सेनले कलाकारहरूले समाजमा सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताए।

उम्मेदवार पुकार बमले ‘प्रेम गीत ३’ लाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर नेपाली चलचित्रको अन्तराष्ट्रियकरणमा प्रदीप र सन्तोषको टिमले खेलेको भूमिकाको कदर गरे।

बम राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं–१ का उम्मेदवार हुन्।

मंसिर १, २०७९ बिहीबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।