थप ३८ हजारले लगाए कोरोनाविरुद्धको खोप

थप ३८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपालमा थप ३८ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअुनसार ३८ हजार २९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।

यस अवधिमा १ हजार २५२ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ भने २६ जना संक्रमणमुक्त भएका छन्।

देशभर ४५३ जना सक्रिय संक्रमित छन्।

मंसिर १, २०७९ बिहीबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।