राष्ट्रिय स्वतन्त्र पार्टीको सभामा ओलीमाथि कटाक्ष : राती एलओडीमा गएर नाचे पनि नाच्नुस्, तर अब आराम गर्नुस्
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ। सभामा' केही केटाहरू मञ्चमा उभिएपछि तल दर्शक त आइहाल्छन्' भनेर गरेको सम्बोधनप्रति कटाक्ष गर्दै केन्द्रीय सदस्य विपिन आचार्यले ओलीमाथि आक्रमण गरेका हुन्।
उनले अब मञ्चमा उक्लिएका केटाहरूले डान्स गर्न थालेको भन्दै ओलीलाई आराम गर्न आग्रह गर्दै भने' बा अब आराम गर्नुस्। अनि बेलुका एलओडीमा गएर नाचे पनि नाच्नुस्।'
मंसिर १, २०७९ बिहीबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।