अभिनेता रमेश उप्रेतीले भने- 'मित्रमा राजनेता बन्ने खुबी छ'

अभिनेता रमेश उप्रेतीले भने- 'मित्रमा राजनेता बन्ने खुबी छ'

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीको सभामा सम्बोधन गर्न चितवन आएका नायक रमेश उप्रेतीले रवि लामिछानेमा राज नेता बन्ने क्षमता रहेको बताएका छन्। उनले नारायणी किनारमा भइरहेको सभामा सम्बोधन गर्दै उनले लामिछानेजस्तै नेता खोजी रहेको दाबी गरेका थिए।

कार्यक्रममा अर्की कलाकार दीपाश्री निरौलाले पनि रविजस्तै नेताको आवश्यकता रहेको बताएकी थिइन्। उनले रविलाई' राम्रो पनि अनि हाम्रो पनि' भन्दै भोट मागिन्।

अर्का कलाकार किरण केसीले आफ्नो जीवनमा कुनै दलका लागि भोट नमागेको र जीवनमा पहिलो पटक लामिछानेका लागि भोट मागेको बताउँदै उनले रविको पक्षमा धारणा राखे।

कलाकारहरूले रविको पक्षमा मत त मागे तर खारेज भएको नागरिकता नब्युँताई खारेज भएकै नागरिकताको प्रयोग गरेर उम्मेदवारी दर्ता गरेकाले उनको उम्मेदवारी कानुनी घेरामा परेको छ।

मंसिर १, २०७९ बिहीबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।