रविको पक्षमा माहौल बनाउन चितवन आए कलाकार, नारायणी तिरमा रमेश उप्रेती र दीपाश्री

रविको पक्षमा माहौल बनाउन चितवन आए कलाकार, नारायणी तिरमा रमेश उप्रेती र दीपाश्री
तस्बिर : मेरोफिल्मडटकम

काठमाडौँ : नागरिकताको विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा भोट माग्न कलाकार र युट्युवरहरुको घुइँचो लागेको छ चितवनमा।

रविले चितवनको नारायणी किनारमा आज आम सभा गर्दैछन्। उनले उम्मेदवारी दर्ता गर्दा पेस गरेको नागरिकता रद्द भइसकेको खुलेसँगै उनको उम्मेदवारी नै सङ्कटमा परेको छ।

कलाकारहरू भने उनको पक्षमा माहौल बनाउन चितवन आइपुगेका हुन्। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, रमेश उप्रेती, आसिफ साह, र गायक राजन ईशान चितवन आएका हुन्।

आसिफका दाजु असिम साह राष्ट्रीय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार छन्। कलाकारहरूलाई रविको कार्यक्रममा ल्याउने काम उनको श्रीमती निकिता पौडेलले गरेको निकटस्रोतले पुष्टि गरेको छ।

निकिता नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष र राप्रपाबाट समानुपातिकतर्फका उम्मेदवार उद्धव पौडेलको छोरी हुन्।

सभालाई युट्युबमा फैलाउन २० भन्दा बढी युट्युवर समेत आज चितवनमा आएका छन्।

मंसिर १, २०७९ बिहीबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।