शेयर बजारमा २५ अंककाे सुधार,यी दुई कम्पनीमा सर्किट

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ।
बिहीबार नेप्से परिसूचक २५ अंकले बढेर १९३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ परिसूचक पनि ४ अंकले बढेर ३८१ पुगेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
बजार बढ्दा कारोबार रकममा पनि आज बढोत्तरी आएको छ। यसदिन २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ।
यसदिन १३ उपसूचक समूह सबै बढेका छन्। सबैभन्दा बढि फाइनान्स २.३९ प्रतिशतले बढ्दा सबैभन्दा कम होटल तथा पर्यटन ०.३५ प्रतिशतले बढेको छ।
यसदिन सिकलेस र सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताको कमाइमा सर्किट ब्रेक लागेको छ। उनीहरू एकैदिन १० प्रतिशतसम्म कमाएका हुन्।
यस्तै कारोबारको हिसाबले आज रिदी पावर कम्पनीले १४ करोड, शिवम् सिमेन्टले १२ करोड र हिमालयन डिस्टिलरीले १० करोडको कारोबार गरेको छ।
मंसिर १, २०७९ बिहीबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।