हात्ती मृत भेटियो, दाह्रा पनि छैन

साङ्केतिक तस्बिर
झापा: कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।
मृत फेला परेको हात्तीको दाह्रा पनि नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा भने चोटपटक देखिएको छैन।
डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो। जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन्।
मंसिर १, २०७९ बिहीबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।