आईपीएलका आकर्षण पोलार्डले अब नखेल्ने, ब्याटिङ कोच बनाइए

आईपीएलका आकर्षण पोलार्डले अब नखेल्ने, ब्याटिङ कोच बनाइए

एजेन्सी: वेष्ट इण्डिजका ब्याटिङ अलराउण्डर किरोन पोलार्डले अब आईपीएल नखेल्ने भएका छन्। आईपीएलका सर्वाधिक सफल र आकर्षण मानिने पोलार्डले मङ्गलबार आईपीलबाट सन्यान घोषणा गरेका हुन्।

अब उनी मुम्बई इण्डियन्स टोलीको ब्याटिङ कोच हुनेछन्। सक्रिय खेलाडी रहुञ्जेल उनी मुम्बईबाटै आईपीएल खेल्थे।

३५ वर्षीय पोलार्डले मुम्बई इण्डियन्समा बसेर पाँच संस्करणमा उपाधि जिताउन सहयोग गरे। उनी सबैभन्दा धेरै आईपीएल जित्ने खेलाडी पनि हुन्।

सात महिनाअघि पोलार्डले सम्पूर्ण अन्तर्राष्ट्रिय क्रिकेट फर्म्याटबाट सन्यास लिएका थिए।

पोलार्ड लामो समयसम्म एउटै टोलीमा बसेर आईपीएल खेल्ने खेलाडी पनि हुन्। उनी सन् २०१० देखि मुम्बईमा छन्। यसबीच उनले तीन हजार ४१२ रन बनाएका छन्। यस्तै १८९ म्याचमा उनले ६९ विकेट लिएका छन्।

मंसिर १, २०७९ बिहीबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।